स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरे शपथ ग्रहण

काठमाडाैं | फागुन २७, २०८०

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरे शपथ ग्रहण

काठमाडौं:     प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् । 


यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 


यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्